आफ्नो हैसियत अनुसारको काम गर्न पूर्व मेयर शाक्यको आग्रह
SamacharDesk | २०८१ श्रावण १९, शनिबार

काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले आफ्नो हैसियत नबुझी काम गर्दा महानगरको साख खस्कंदै गएको बताउनुभएको छ ।
नेपाल खेलकुद महासंघ काठमाडौंले शनिवार आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई लक्षित गर्दै धरहरा भत्काइदिने अभिव्यक्ति आपत्तिजनक भएको बताउनु भयो । पूर्व मेयर शाक्यले आफ्नो कार्यकालमा महानगरले धेरै राम्रा कामहरु गरेको बताउनु भयो ।
सरकारले आफ्नो कार्यकालमा महानगरपालिकालाई प्राथमिकताको हिसाबले ९औं स्थानमा राखिएको तर अहिले हैसियतअनुसार काम नहुँदा १७ औं स्थानमा पुगेको जिकिर समेत गर्नुभयो ।
शाक्यले महानगरपालिकाले करको सही सदुपयोग गर्नुपर्ने बताउनु भयो । सत्तामा भएकाहरु आफू रमाउनको लागि नभई भविष्यको पुस्ताको खुशीका लागि लाग्नुपर्ने पनि बताउनुभयो ।
पूर्व मेयर शाक्यले स्थानीयको इच्छा विपरीत कामनपाले काम गरिरहेको बताए । उनले न्युरोडमा नगर प्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाए ।
नगर प्रहरीको बल प्रयोग र गुण्डागर्दी सह्य नहुने पनि उनले बताए ।
Categorized in स्थानीय