arin enterprises

आश्माले पहिरिन "मिस नेपाल वर्ल्ड २०२४" को ताज

SamacharDesk | २०८१ श्रावण २०, आइतबार

आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज जितेकी छन् ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै शनिबार आश्माले "मिस नेपाल वर्ल्ड"को उपाधि जितेकी हुन् ।

गोदावरीमा आयोजित प्रतिस्पर्धामा करुणा रावत मिस नेपाल इन्टरनेसनल र सुमना केसी मिस नेपाल अर्थ छनोट भएका छन् । मिस नेपाल वल्र्ड आश्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् ।

उनी अनलाइन व्यापरी पनि हुन् । उनले १८ वर्षको उमेरदेखि नै उनले अनलाइन व्यापार थालेकी थिइन् । करुण रावत तीन वर्षदेखि उनी अस्ट्रेलियामा रजिष्टर्ड नर्सको रुपमा कार्यरत छिन् ।

१५ वर्षको उमेरमा उनी मिस एसएलसी पोखरा घोषित भएकी थिइन् । त्यस्तै मिस नेपाल अर्थ सुमना केसी चितनवासी हुन् । डेन्टल सर्जरीमा स्नातक गरेकी सुमना मेडिकल पृष्ठभूमिकी हुन् ।

उनी पछिल्लो समय काठमाडौंस्थित पिपुल्स डेन्टल हस्पिटलमा इन्टर्न गरिरहेकी थिइन् । उनी ‘सबैका लागि स्वास्थ्य’ नारासहित ग्लोबल हेल्थ एड्भोकेट बन्न चाहन्छिन् ।

त्यस्तै अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन् ।

यो वर्ष २६ सुन्दरीहरु सौन्दर्य प्रतियोगितामा सहभागी थिए ।

शुभेच्छा कार्की, आश्माकुमारी केसी, सुमना केसी, निभिता चापागाईं, सिम्रिका मानन्धर, आँचल खत्री, उर्जा नेवा, करुणा रावत, अञ्जना पुन, राधिका थापा, इभा गिरी, दृष्टि थापा, दिक्षा अवस्थी, इरिना श्रेष्ठ, ललिता शेरबुजा, किम्ती श्रेष्ठ, प्रेभिटा स्वाँर, रोशनी दाहाल, समीक्षा निरौला, प्रसुना भुसाल, पूजा बराल, अम्बिका राना, साइरा खड्का, अनिशा मल्ल श्रद्धा सुमन सिलवाल र सामिन कोइराला सहभागी थिए ।

Categorized in पेजथ्री