क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासको पहिलो अर्बपति
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २३, शुक्रबार

पोर्तुगल फुटबल स्टार क्रिस्टियानो रोनाल्डो फुटबलको इतिहासमा १ अर्ब डलर कमाउने पहिलो खेलाडी बनेका छन् ।
फोब्र्सको अनुसार रोनाल्डोको जुभेन्टर क्लबसँगको सम्झौता २०२२ सम्म रहेको छ । उक्त क्लबबाट हालसम्म ६५ करोड डलर कमाएका छन् ।
उनको वर्तमान क्लबसँगको सम्झौताको म्याद सकिएपछि यो संख्या बढेर ७६ करोड ५० लाख डलर पुग्ने अनुमान गरिएको छ ।
रोनाल्डोको इन्दोर्स्मेन्टबाट मात्र वार्षिक ४४ मिलियन डलर आउने गर्दछ ।
त्यस्तै उनको नाइकेसँग आजीवन सम्झौता पनि रहेको छ, जसले उनलाई वार्षिक २० मिलियन डलर तिर्छ ।
माइकल जोर्डन र लेब्रोन जेम्सपछि कम्पनीसँग रोनाल्डो मात्रै यस्तो सम्झौता गर्ने खेलाडी हुन् ।
रोनाल्डो अब सर्वाधिक कमाउने हस्तीहरूको सूचीमा चौथो स्थानमा छन् । व्यापारी, संचारकर्मी काइली जेनर ५९ करोड डलर कमाउँदै पहिलो स्थानमा छन् ।
दोस्रो स्थानमा १७ करोड डलरको कमाइ सँगै अमेरिकन यापर क्यान्यी वेस्ट छन् । त्यस्तै टेनिस खेलाडी रोजर फेडरर १० कारोड ६३ लाख डलरको कमाईसँगै तेस्रो स्थानमा छन् ।
पाँचौमा भने अर्का फुटबल स्टार लियोनल मेसिले १० करोड ४० लाख डलर कमाएका छन् ।
रोनाल्डो यो तहसम्म पुग्ने गल्फ खेलाडी टाइगर वूद र बोक्सीङ्ग खेलाडी फ्लोयड मेवेदर पछिको तेस्रो खेलाडि हुन् ।
यस वर्ष कोभिड १९ महामारीको सामना गर्न जुभेन्टसका खेलाडीहरूले चार महिनाको तलब कटौती गर्न सहमति गरेपछि भने उनको आम्दानीमा ठूलो असर परेको छ ।
Categorized in स्पाेर्ट्स