arin enterprises

जापनिज सुबारुका दुई नयाँ गाडीहरु बजारमा

SamacharDesk | २०८१ श्रावण २८, सोमबार

जापानी गाडी सुबारुका दुई नयाँ मोडल नेपाली बजारमा भित्रिएका छन् ।

नेपालका लागि सुबारुका आधिकारिक बितरक विजय मोटर्सले हिजो काठमाडौमा एक कार्यक्रम गरी क्रसट्रेक हाईब्रिड आइसाईट र आउटब्याक आइसाईट सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार हाइब्रिड प्रविधिमा आधारित २.० क्रसट्रेक हाइब्रिड आइसाइट बाटोमा दौडिरहेको अवस्थामा स्वचालितरुपमा विद्युतीय र इन्धनको उर्जा लिने हुनाले यसलाई अन्य विद्युतीय गाडीजस्तो बाहिरी चार्जिङको आवश्यकता पर्दैन।दौडिरहेककै अवस्थामा गाडीको ब्याट्री आफै चार्ज हुने हुनाले यसले सहजता, सुविधा र कार्यकुशलतालाई थप गराएको छ।

यसैगरी एक लिटर पेट्रोलमा यो गाडीले १७.५ किमिको माइलेज दिने हुनाले यो मोडलले नेपाली उपभोक्ताको मन जित्ने विश्वास लिइएको छ।

अत्याधुनिक अटोमोबिल प्रविधियुक्त यी गाडीले सुरक्षा, दिगोपना र कार्यक्षमता सबै दृष्टिकोणबाट साहसिक कार सवारीको नयाँ मापदण्ड नै तय गर्ने दाबी गरिएको छ ।

सबै आधुनिक विशेषतायुक्त उच्च माइलेज दिने यी गाडी मूल्यप्रतिस्पर्धी समेत रहेको कम्पनीको दाबी छ ।

विशुद्ध जापानी प्रविधिका यी गाडीले सुबारुको इञ्जिनियरिङ्ग क्षमताको उत्कृष्टता तथा नवप्रवद्र्धनलाई प्रदर्शित गरेको कम्पनीले जनाएको छ ।

विजय मोटर्सको प्रबन्ध निर्देशक एनि गार्डनर वैधले कम्पनीको नक्सालस्थित शोरुममा गाडीहरु बिक्रीवितरणको लागि राखिएको बताउँदै दुवै मोडलका गाडीहरुको सुरुवाती मूल्य एक करोड ६९ लाख भएको जानकारी दिइन् ।

Categorized in बिजनेस