arin enterprises

रोनाल्डोको ९ सय गोलको कीर्तिमानी

SamacharDesk | २०८१ भाद्र २१, शुक्रबार

पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डो सिनियर फुटबल करियरमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

युएफा नेशनललिग फुटबलअन्तर्गत गएराति भएको क्रोएसियाविरुद्धको खेलम रोनाल्डोले यो किर्तीमान राखेका हुन् ।

उक्त खेल पोर्चुगलले २–१ ले जितेको थियो । पोर्चुगलकालागि रोनाल्डो र डिएगो डालोटले एक एक गोल गरेका थिए । डालोटले नैं एक आत्माघाती गोल गरेपछि क्रोएसियाको हार अन्तर कम भएको हो ।

गएरातिको गोलसँगै रोनाल्डो देशका लागि १ सय ३१ गोल गर्ने पहिलो फुटबलर समेत बनेका छन् ।

रोनाल्डोले देशसँगै क्लबतर्फ पोर्चुगलको स्पोर्टीङ लिस्बन, इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेड, स्पेनको रियाल मड्रिड, इटालीको युभेन्टस र साउदी अरबियाको अल नासरबाट व्यवासकिय खेल खेल्दै गोल गरेका छन् ।

Categorized in स्पाेर्ट्स