रसियामा राज्य आपतकाल घोषणा
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २४, शनिबार

रसियाको साइबेरियामा २० हजार टन डिजल चुहावट भएको छ ।
साइबेरियाको नोरलिस्क निकिल कम्पनीको एउटा एकाईको प्लान्टबाट डिजल चुहावट भएको हो ।
यसबाट हुने सम्भावित नकारात्मक परिणामलाई ध्यानमा राख्दै रसियन राष्ट्रपति भ्लादिमीर पुटिनले राज्य आपतकाल घोषणा गरेका छन् ।
यो प्रदूषण आर्कटिक राज्य नेचर रिजर्भमा फैलिएर जलीय जीवनले ठूलो नोक्सानी भोग्ने अनुमान गरिएको छ ।
आगामी दिनमा साइबेरिया क्षेत्रमा पानी र माटोको संकटको पूर्वानुमान गरेका छन् ।
यो चुहावटबाट नदिको ३५० वर्ग माईल भन्दा बढी क्षेत्र प्रभावित भएको छ ।
रूसी वातावरण विज्ञहरुले नदी सफा गर्न १.१ अरब युरो खर्च हुने र कम्तिमा १० बर्ष लाग्न सक्ने अनुमान गरेका छन् ।
सो कम्पनीको पावर प्लान्टमा इन्धन ट्याङ्कको एउटा खम्बा धँसेपछि तेल चुहावट भएको हो ।
साइबेरिया क्षेत्रको कडा बरफ जमेको जमिनमा निर्माण गरिएको उक्त ट्याङ्कीको पिल्लर तापक्रम बढ्दै गएपछि बरफ पग्लिएर धँसेको अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।
यस कम्पनीमा तेलको चुहावत शुक्रवारदेखि शुरु भएपनि पर्याप्त उपायहरूको अभावमा दुई दिनमा २० हजार टन डिजलको नोक्सान भएको छ ।
नोरिल्स्क स्थित पावर प्लान्टबाट डिजल चुहिएर नजिकै बग्ने अम्बरनाया नदिमा मिसिएपछि यस नदीको पानीको रङ्ग रातो बनेको छ ।
कम्पनीले घटनाको बारे कुनै पनि किसिमको आधिकारिक जानकारी गराएको छैन ।
निकल र प्यादियम धातु उत्पादन गर्ने यो कम्पनी विश्वका शीर्ष कम्पनीहरूमा पर्छ ।
Categorized in अन्तर्राष्ट्रिय