arin enterprises

वार्यन म्युनिख उपाधी नजिक

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २५, आइतबार

साविक विजेता वायर्न म्यूनिखले जर्मन बुन्डेसलिगाको उपाधी दावेदारी झनै बलियो बनाएको छ ।  

शनिवार भएको खेलमा लेभरकुजेनमाथि जित हासिल गर्दै वायर्न उपाधी नजिक पुगेको हो ।

बेएरेना स्टेडियममा भएको खेलमा घरेलु टोली लेभरकुजेनलाई वायर्नले २ को विरुद्ध ४ गोलले हराएको हो ।

खेलमा अग्रता भने लुभरकुजेनले लिएको थियो । लुकास अलारियोले खेलको ९औं मिनेटमै गोल गर्दै लेभरकुजेनलाई अग्रता दिलाएका थिए । 

तर, खेलको २७ औं मिनेटमा किङ्गस्ले कोम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए  । 

खेलको ४२ औं मिनेटमा लियोन गोरेज्काले गोल गरेसँगै वायर्नले २–१ ले अघि बढ्यो । 

पहिलो हाफको इन्जुरी समय ४६औं मिनेटमा फेरी वार्यनका सर्जी नाब्रीले गोल गर्दै खेललाई ३(१ मा पुर्याए ।

६६औं मिनेटमा रोबर्ट लेवनडोस्कीले वायर्नका चौथो गोल थप्दै टिमको जित सुनिश्चित बनाए ।

८९औं मिनेटमा फ्लोरियन विटर््जले लेवरकुजेनका लागि एक गोल थप्दै गोल अन्तरलाई केही घटाए तर टिमलाई हारबाट जोगाउन भने सकेनन् ।

यो जितसँगै वायर्नले अंक तालिकामा दोश्रो स्थानमा रहेका बोरुसिया डर्टमण्डसँग ७ अंकले अग्रता लिएको छ ।

वायर्न म्युनिख ३० खेलबाट ७० अंक जोड्दै लिगको शीर्षस्थानमा छ भने डर्टमन्डको समान खेलबाटै ६३ अंक छ ।

Categorized in स्पाेर्ट्स