arin enterprises

हेर्थामाथि डर्टमन्डको जीत

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २५, आइतबार

जर्मन बुन्डेसलिगामा दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले हेर्था बर्लिन माथि जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा डर्टमन्डले हेर्थालाई १(० ले पराजित गर्यो । 

डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ भने गोल रहित हुँदै सकिएको थियो ।

५८ औं मिनेटमा डर्टमुन्डका एम्री क्यानले निर्णायक गोल गरे ।

डर्टमुन्ड ३० खेलबाट ६३ अंकले दोस्रो स्थानमा यथावत छ । ३० खेलबाटै ७० अंक जोड्दै वार्यन म्युनिख शीर्ष स्थानमा छ ।

लिगको अर्को खेलमा मैन्जले आइन्त्राच फ्रयाङ्कफर्टलाई २–० ले हराएको छ ।

यो पनि पढ्नुहोस् –

वायर्न म्युनिक उपाधी नजिक

Categorized in स्पाेर्ट्स