arin enterprises

किशोर सुब्बाको निर्देशनमा लिम्बु भाषाको ‘ए फुंङ्...’ सार्जजनिकः भिडियाेसहित

SamacharDesk – बिजयरत्न | २०८१ आश्विन २७, आइतबार

लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा लिम्बु भाषाको आधुनिक गीत ‘ए फुंङ्...’ सार्वजनिक भएको छ ।

उक्त गीतको लिरिकल भिडियो गत मंगलबार जेपिजे इन्टरटेन्टमेन्ट च्यानलमार्फत सार्वजनिक भएको हो ।

संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो जातीय संस्कार, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन यो गीत बनाएको निर्देशक सुब्बाले बताए ।

‘अभिभावकहरु सचेत नहुनु र युवा पुस्ता जहाँ हुर्कियो त्यहिँको भाषा, संस्कृति र संस्कार अंगाल्ने हुँदा मातृभाषा लोप हुँदै गएको देखिन्छ । मातृभाषाको संरक्षणमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो गीत बनाएका छौं’ निर्देशक सुब्बाले भने ।

मनी ताम्लिङ्ग र दिपा सुहाङ्गको स्वर रहेको गीतमा शब्द बिवस वेनामको छ भने संगीत मनी ताम्लिङ्गको रहेको छ ।

निर्मल सुब्बाले छायाङ्कन गरेको दृश्यहरुको सम्पादन मन्दिल श्रेष्ठले गरेका छन् ।

जेपिजे ईन्टरटेनमेन्ट, न्युयोर्कको सहकार्यमा म्युजिक भिडियो आगामी तिहार लगत्तै सार्वजनिक गरिने निर्देशक सुब्बाले जानकारी दिए ।

Categorized in पेजथ्री