अध्यादेशमार्फत साना दललाई फुटाउन खोजेको विपक्षी दलहरुको आरोप
SamacharDesk | २०८१ कार्तिक २, शुक्रबार

शुक्रबार बानेश्वरमा बसेको विपक्षी दलको बैठले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन् ।
बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष निकाल्दै सुशासनको सवालमा पनि गम्भीर ढङ्गले चुकेको ठहर गरेको छ ।
विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहीबार विपक्षी दलहरुको बैठक बोलाएका थिए ।
बैठकमा सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसमेत सहभागी थिए । उनीहरुले बाढी पीडितप्रति सरकार गैर जिम्मेवार भएको पनि ठहर छ ।
सरकारले अध्यादेश ल्याएर विभिन्न पार्टीहरूलाई फुटाइदिने र नेताहरूलाई समेत तर्साउने नियत राखेको भन्दै यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको बताइएको छ ।
यस्तै समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउने तय भएको समेत बताइएको छ ।
बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी र आजपाका नेताहरुको सहभागिता रहेको थियो ।
यता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आगामी चैत्र २४ देखि सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
देशकोे अवस्था पछिल्लो समय झनझन बिग्रदै गएको भन्दै परिवर्तनका लागि आन्दोलनको विकल्प नभएको बताएको छ ।
Categorized in राजनीति