सुनको मूल्यमा आठ सय रुपैयाँले बृद्धि
SamacharDesk – समाचारडेस्क अर्थ ब्यूराे | २०८१ कार्तिक ७, बुधबार

सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । निरन्तर उच्च मूल्यको रेकर्ड बनाइरहेको सुनको मूल्य आज फेरी बढ्दै नयाँ रेकर्ड कायम गरेको हो ।
हिजो मंगलबार एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भई उच्च मूल्यको रेकर्ड राखेको सुनको मूल्य आज फेरी पनि बढेको हो ।
आज बुधबार सुनको मूल्य आठ सय रुपैयाँले बढेर उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार हुँदैछ ।
यसैगरी, आज चाँदीको मूल्य पनि हिजो मंगलबार भन्दा ६५ रुपैयाँले बढेको छ । हिजो दुई हजार एक सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Categorized in बिजनेस