arin enterprises

नेकपा अध्यक्ष दाहाल स्वदेश फर्के

SamacharDesk – समाचारडेस्क – पोलिटिक्स ब्युरो | २०७५ आषाढ १७, आइतबार

पत्नी सीता दाहालको उपचारार्थ सिंगापुर पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल आइतबार साँझ स्वदेश फर्किनुभएको छ ।

गत असार ३ गते पत्नी सीताको उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएका अध्यक्ष दाहाल पत्नीको स्वास्थ्यमा सुधार आएपछि स्वदेश फर्किनुभएको हो । 

सीतालाई ‘वाटर थेरापी’ गरिएको बताइएको छ । थेरापीको साथै चिकित्सकको सुझावअनुसारको औषधि सेवनले सीताको स्वास्थ्यमा सुधार आएको पनि बताइएको छ । 

अध्यक्ष दाहाललाई स्वागत गर्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, नेत्री पम्फा भुसाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

Categorized in राजनीति