arin enterprises

न्युजिल्याण्ड अहिले कोरोना संक्रमणमुक्त देश

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २६, सोमबार

न्युजिल्यान्डले कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झारेको छ ।

न्यूजिल्यान्डका अन्तिम कोरोना संक्रमित निको भएसँगै अहिले यहाँ कोरोना संक्रमितको संख्या शुन्य छ ।

सोमबार स्वास्थ्य विभाग महानिर्देशक एस्ली ब्लुमफिल्डले न्युजिल्यान्डमा अन्तिम कोराना संक्रमित पनि निको भएको जानकारी दिए । 

साथै पछिल्ला १७ दिनमा कोरोनाका कुनै नयाँ संक्रमित नभेटिएको पनि ब्लुमफिल्डले बताए ।

७५ दिन लामो लकडाउन पछि न्युजिल्याण्ड हाललाई कोरोना संक्रमणमुक्त देश बनेको हो ।

महानिर्देशक ब्लुमफिल्डले कोभिड(१९ विरूद्धको सतर्कता निरन्तर आवश्यक रहको भन्दै फेब्रुअरी २८ देखि मे २२ सम्मको कोरोना नियन्त्रणको यात्राले महत्वपूर्ण छाप छोडेको बताए ।

न्युजिल्याण्ड सरकारले मार्च १९ मा कडा लकडाउनको घोषणा गरेको थियो । पाँच साता लामो कडा लकडाउनपछि बिस्तारै खुकुलो बनाइएको थियो ।

संक्रमित संख्या शून्य भएसँगै प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले कोरोना भाइरसलाई रोक्नका लागि लगाइएका प्रतिबन्ध सोमबार मध्यरातदेखि फुकुवा गर्ने बताएकी छन् ।

प्रधानमन्त्री अर्डनले कोरोना भाइरसको संक्रमण शून्यमा झरेको भए पनि तत्कालै भने सीमाना नखोलिने प्रष्ट पारे ।

विदेशमा रहेका आफ्ना नागरिक फर्किएमा फेरि संक्रमित थपिन सक्ने भएकोले अन्तर्राष्ट्रिय उडान भने स्थगित नै गर्ने उनको भनाई थियो ।

साथै, स्वास्थ्य क्षेत्रमा दिइएको जोड अब भने आर्थिक पुनरुत्थानका लागि उपयोगी हुने कुरा पनि बताए ।

न्यूजिल्यान्डमा अहिलेसम्म १ हजार ५ सय ४ जनामा मात्रै संक्रमण देखिएको छ भने २२ जनाले ज्यान गुमाएका छन् । १ हजार ४ सय ८२ जना सफल उपचार पछि निको भएका छन् ।

न्यूजिल्याण्डले समयमै कडा लकडाउनको साथै संक्रमण नियन्त्रणमा आवश्यक कदम चालेकाले संक्रमण नियन्त्रण गर्न सफल भएको विज्ञहरुको भनाई छ ।

Categorized in अन्तर्राष्ट्रिय