नयाँ संक्रमित संख्या ३२३, कुल संक्रमित ४ हजार नाघ्यो
SamacharDesk – विकाश | २०७७ जेठ २७, मंगलबार

नेपालमा थप ३ सय २३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ ।
नेपालका विभिन्न १३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय २३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
नयाँ पुष्टि हुने संक्रमितहरुमा पुरुष २ सय ९२ जना रहेका छन् भने ३१ जना महिला छन् ।
यो सँगै नेपालमा कुल संक्रमित संख्या ४ हजार ८५ पुगेको छ । तीमध्ये ३ हजार ७ सय ९८ जना पुरुषहरु छन् भने २ सय ८७ जना महिला हुन् ।
आज इलाम जिल्ला थप भएसँगै संक्रमित जिल्ला संख्या ७२ पुगेको छ । अब ५ वटा जिल्लामात्रै संक्रमणमुक्त छ ।
कोरोना संक्रमण निको हुनेको संख्या भने ६ सय नजिक पुगेको छ । पछिल्लो पटक थप ९६ जना संक्रमणमुक्त भएसँगै कोरोना निको हुनेको संख्या ५८४ पुगेको छ ।
आज थप एक संक्रमितको मृत्युसँगै मृत्यु हुने संक्रमितको संख्या भने १५ पुगेको छ ।
देशभरमा अहिलेम्म पिसिआर विधिबाट १ लाख ६ हजार ३ सय ३१ र आरडिटी विधिबाट १ लाख ६६ हजार एक सय ५८ वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ५ हजार ३ सय ५३ र आरडिटी विधिबाट ९ हजार एक सय ६७ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६५ हजार ७ सय ७५ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ३ हजार ४ सय ८७ रहेको छ ।
