ब्राजिलले सन् २०२३ को महिला फुटबल विश्वकप आयोजना नगर्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २८, बुधबार

ब्राजिलले सन् २०२३ को महिला फुटबल विश्वकप आयोजना नगर्ने भएको छ ।
कोरोना महामारीका कारण मूलुक आर्थिक रुपमा कमजोर भएकोले ब्राजिल फुटबल कन्फिडरेसन् (सिबिएफ) ले सन् २०२३ को महिला विश्वकपको आयोजना गर्न नसक्ने ब्राजिलियन सरकारले जनाएको हो ।
सिबिएफले विज्ञप्ति जारी गर्दै कोभिड १९ ले निम्ताएको आर्थिक कठिनाइहरुका कारण अहिले ब्राजिलियन सरकारले फिफाले मागेका ग्यारेन्टीहरुमा तत्कालका लागि हस्ताक्षर गर्न सिफारीस नगर्ने उल्लेख गरेको छ ।
ब्राजिलले पछिल्लो समय सन् २०१४ को विश्वकप फुटबल, सन् २०१६ को ओलम्पिक र सन् २०१९ मा कोपा अमेरिका जस्ता अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगिता आयोजना गरिसकेको छ ।
वर्तमान समयमा भने ब्राजिल अमेरिका पछिको प्रभावित मूलुकको रुपमा कोरोना संक्रमणसँग जुधिरहेको कारणले अर्को ठूलो प्रतिस्पर्धा गर्न असान्दर्भिक महशुस भएको सिबिएफले बताएको छ ।
ब्राजिल पछि हटेसँगै अब कोलम्बिया, जापान सँगसँगै अस्ट्रेलिया र न्युजिल्याण्ड समेत विश्वकप २०२३ को आयोजना गर्ने होडमा रहनेछन् ।
Categorized in स्पाेर्ट्स