२७९ नयाँ संक्रमित थप भए, संक्रमित संख्या ४३६४
SamacharDesk – विकाश | २०७७ जेठ २८, बुधबार

नेपालमा थप २ सय ७९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण देखिएको छ ।
नेपालका विभिन्न १३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ५७ जना पुरुष र २२ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
यो सँगै नेपालमा कुल संक्रमित संख्या ४ हजार ३ सय ६४ पुगेको छ । तीमध्ये ४ हजार ५५ जना पुरुषहरु छन् भने ३ सय ९ जना महिला हुन् ।
संक्रमित जिल्ला संख्या भने ७२ नै यथावत छ । आज कुनै पनि नयाँ जिल्लामा संक्रमण देखिएको छैन ।
कोरोना संक्रमण निको हुनेको संख्या भने ६ सय ७४ पुगेको छ । पछिल्लो पटक थप ९० जना संक्रमणमुक्त भएर देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
देशभरमा अहिलेम्म पिसिआर विधिबाट १ लाख १० हजार ७ सय ४४ र आरडिटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ४ हजार ४ सय ४ र आरडिटी विधिबाट ६ हजार ७ सय २२ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७२ हजार २ सय ६६ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ३ हजार ६ सय ७५ रहेको छ ।
