२५ देश जसले कोरोना भाइरसलाई परास्त गर्न सफल भए
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २८, बुधबार

विश्वमा कोरोना भाइरसबाट हालसम्म ७३ लाख ८९ हजार १ सय ६२ जना संक्रमित भइसकेका छन् । ती मध्ये ४ लाख १५ हजार ८ सय ० जनाको मृत्यु भइसकेको छ भने ३६ लाख ४३ हजार २ सय ८२ जनाले कोरोनालाई जितेका छन् ।
यो वर्तमान अवस्थामा प्राय सारा विश्व कोरोनाभाइरसको महामारीसँग जुधिरहेको बेला २५ देश यस्ता छन् जहाँ अहिले एउटा पनि एक्टिभ केस बाँकि छैनन् ।
अझ यी २५ देशमध्ये १७ देशमा त संक्रमितको एउटा मृत्युसम्म पनि भएन ।
यी देशहरुले कोरोना संक्रमणलाई परास्त गर्न सफल भए ।
यी २५ देशमा कोरोनाभाइरसका एउटा पनि एक्टिभ केस नभए पनि सुरक्षाका उपाय भने पालना गरिरहेका छन् ।
यी देशहरु कोरोनाभाइरस मुक्त हुँदा अन्य देशहरु आफ्नो कोरोना विरुद्धका् लडाईंलाई थप प्रभावकारी बनाउनका लागि प्रोत्साहित पनि गरेको छ ।
यी देशहरुको सूचीमा हालै थपिएको देश न्यूजिल्याण्ड हो । त्यहाँ गत सोमबार मात्रै कोरोना भाइरसका अन्तिम संक्रमित सफल उपचार पछि घर फर्केको थिए ।
त्यो देश जहाँ हाल कोरोना छैन
