arin enterprises

‘तिम्रो याद...’ सार्वजनिक (भिडियोसहित)

SamacharDesk – बिराज | २०८२ आषाढ १६, सोमबार

गायक राजेन्द्र सुवाल र गायिका विपना शाक्यको युगल गीत ‘तिम्रो याद’ सार्वजनिक भएको छ ।

आज सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक जुजुकाजी रंजितले उक्त गीत सार्वजनिक गरेका थिए ।

गीत सार्वजनिक पछि बोल्दै वरिष्ठ गायक रंजितले श्रृजनाले सर्जकलाई जहिल्यै जीवन्त बनाइराख्ने भन्दै श्रृजनामा लागिरहन आह्वान गरे ।

‘भौतिक रुपी सन्तानले अंश लिन्छन् र पछि जन्मदातालाई बिर्सिन्छन् । तर श्रृजनारुपी सन्तानले जन्मदातालाई सबै सामु चिनाउँछ र कालान्तरसम्म जीवन्त पनि बनाइराख्छ’ वरिष्ठ गायक रन्जितले भने ।

नेवाः देय् दबूको साथै वरिष्ठ समाजसेवी पवित्र बज्राचार्य र वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, वरिष्ठ संगीतकार बुद्ध सायमी लगातयले संगीत वा कला क्षेत्रलाई माया गरेर सर्जक, कलाकारका श्रृजना लाइक कमेन्ट, शेयर गर्न आग्रह गरे ।

वरिष्ठ फोटोग्राफर साथै गायक सुवालका भाई राजभाई सुवालले विगत सम्झिँदै आफ्ना दाजुको ४० वर्ष अघिको गायक बन्ने सपना अहिले पूरा भइरहेको भन्दै खुसी व्यक्त गर्नुका साथै भावुक पनि भएका थिए ।

गायक सुवाल, गायिका शाक्य, रचनाकार पवन कुमार बुढाथोकी, म्यूजिक भिडियो निर्देशक सुरेन्द्र मानन्धर लगायतले आआफ्ना अनुभव सुनाउँदै गीत हेरिदिन सुनिदिन आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ कलाकार पञ्चरत्न सुवालको विशेष उपस्थिती रहेको थियो ।

सुवाल र शाक्यको उक्त गीतको म्यूजिक भिडियोमा किरण जोशी र भिन्तुना जोशीको अभिनय रहेको छ । छायाङ्कन बुद्ध सायमीको रहेको छ भने दृश्य सम्पादन र रंग संयोजन इन्द्र मानन्धरले गरेका छन् । म्यूजिक भिडियोको कथाकार सिवानी बज्राचार्यले सुरेन्द्र मानन्धरसँगै निर्देशन समेत गरेका छन् ।

बि.आर. प्रोडक्सनको ब्यानरमा निर्मित यस गीतको म्यूजिक भिडियो आजै (सोमवार) अडियो नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

Categorized in पेजथ्री