arin enterprises

मखंत्वाःया ग्वाः पछि मनोजको ‘ग्वारामरि’ सार्वजनिक

SamacharDesk – बिराज | २०८२ आश्विन ७, मंगलबार

सालूगु गाचा, अयलाः लू वा, मखंत्वाःया ग्वाः लगायतका सुपर डुपर हिट गीतमा अभिनय गरेर चर्चा कमाएका मोडल मनोज महर्जनको नयाँ गीत ‘ग्वारामरि’ सार्वजनिक भएको छ ।

अडियो नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको गीत ‘ग्वारामरि’ मा कलाकार मनोजले फेरी पनि एक पटक आफ्नो अभिनय र डान्सको जादु देखाएका हुन् ।

गीतमा कलाकार मनोजको साथमा सोनिया धौभडेलले अभिनय गरेकी छन् । सोनियाले यस अघि गायक केशव तण्डुकारको ‘हिसि दुगु किपा’, गायिका सोनिया धौभडलको ‘तिमिबाट पाएका’ लगायतका गीतमा आफ्नो अभिनयको प्रतिभा देखाइसकेकी छन् ।

मनोज र सोनियाको साथै म्यूजिक भिडियोमा जयलक्ष्मी सिद्धि बज्राचार्य, पूजा महर्जन र प्रकाश डंगोलले पनि अभिनय गरेका छन् ।

डान्स नम्बर गीतलाई एउटा कथामा बाँधेर रमाइलो र रोचक ढङ्गले प्रस्तुत गरीएको छ । म्यूजिक भिडियोको कोरीयोग्राफी र निर्देशन महेन्द्र खड्गीको रहेको छ ।

गीतको छायाङ्कन टोखाको सपनतीर्थमा गरिएको छ । छायाङ्कन र दृश्य सम्पादन बुद्ध सायमिको रहेको छ भने गीतमा संगीत पनि सायमिकै रहेको छ ।

सागर श्रेष्ठ र मीना प्रजापतिबाट स्वरबद्ध युगल गीतको रचना अमृतरत्न शाक्यको रहेको छ ।

Categorized in पेजथ्री