arin enterprises

कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार गायक निर्मोहीलाई

SamacharDesk – विजयरत्न | २०८२ कार्तिक ५, बुधबार

यस वर्षको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार” बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ ।

नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको नगद पचास हजार रुपैयाँ राशी सहितको उक्त पुरस्कार यस वर्ष गायक निर्मोहीलाई प्रदान गर्न लागिएको हो ।

टिका गोपाल डिजिटल एम. क्रियशन प्रा.लि.का संचालक, पुरस्कार समितिका अध्यक्ष गीता सिंह र कार्यक्रम संयोजक सङ्गीतकार सन्तोष श्रेष्ठबाट जारी संयुक्त विज्ञप्तीमा गायक निर्मोहीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको भनिएको छ ।

कार्तिक महिना भित्रै काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि गायक निर्मोहीलाई पचास हजार रुपैयाँको नगद राशी सहितको पुरस्कार  र सम्मान पत्रद्धारा सम्मानित गरिने विज्ञप्तीमा भनिएको छ ।

गायक “निर्मोही” विगत लामो समयदेखि मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका मौलिक भाकाका गीतहरुलाई नेपाली श्रोता तथा दर्शक माझ प्रस्तुत गर्दै आईरहेका छन् ।

विशेषतः गायक “निर्मोही” का “बुलबुल तालैमा, आउँ त भने, मैले भन्थे नी, सलल बग्ने, ताने झै माया, अरु मैले, बनको फुल फुलेछ, कठै सानु, भेरी दोभान, लाग्यो माया” लगायत दर्जनौँको संख्यामा रहेका गीतहरु चर्चित छन् ।

गायक निर्मोही प्रसिद्ध रेडियोकर्मी पनि हुन् ।

गायक निर्मोही पछिल्लो समय मृगौला रोगबाट समेत पिडीत छन् ।

Categorized in पेजथ्री
SKIP THIS tihar2082