arin enterprises

पोर्चुगलमा सामूहिक म्हपूजा र न्हूदँ कार्यक्रम सम्पन्न

SamacharDesk – विजयरत्न | २०८२ कार्तिक ७, शुक्रबार

पोर्चुगलमा नेपाल सम्बत ११४६ नयाँ वर्ष र न्हूदँ कार्यक्रम सम्पन्न भएको छ ।

पोर्चुगलको एरोइयोसमा नेवाः खलः तदर्थ समितिले सामूहिक म्हूपुजा र नेपाल सम्वत नयाँ वर्षको कार्यक्रम आयोजना गरेको हो ।

सामूहिक म्हपूजा पछि औपचारिक कार्यक्रममा नेपाल सम्बत् न्हूदँ समारोहका अन्तर्राष्ट्रिय प्रबन्धक गंगा बहादुर नेम्कुलले नेपाल सम्बतको सुरुवातदेखि हालसम्मको ऐतिहासिक यात्रा, सांस्कृतिक महत्त्व र यसको अन्तर्राष्ट्रिय प्रसारबारे जानकारी राखेका थिए ।

सो अवसरमा किरात राई सोसाइटी अफ पोर्चुगलकी उपाध्यक्ष जेनिता राईले नेपाल सम्बतले सबै समुदायबीचको आपसी सहकार्य र भाइचारा सुदृढ गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।

नेपाल जनजाति महासङ्घ, पोर्चुगलका अध्यक्ष चोप कुमार राना मगरले नेपाल सम्बत, नेवाः संस्कृतिको नेपालको पहिचानसँग गहिरो सम्बन्ध भएको विचार राखे ।

कार्यक्रममा नेवाः खलः पोर्चुगलका सांस्कृतिक टिमका कलाकारहरु सन्जिब श्रेष्ठ, सुरज सुवाल, शुरेस, आचल लामा श्रेष्ठ,  सपना चित्रकार र ऋृतिका बिष्ट श्रेष्ठले नृत्य र देउसी भैलो प्रस्तुत गरेका थिए ।

यस्तो सांस्कृतिक कार्यक्रमले परदेशमा बसोबास गर्ने नेपालीहरूबीच सम्बन्ध सुदृढ गर्दै आफ्नो मौलिक संस्कृति र पहिचान संरक्षणमा सकारात्मक सन्देश फैलाएको आयोजक समितिको दावी रहेको छ ।

Categorized in संस्कृति
SKIP THIS tihar2082