arin enterprises

काठमाडौंमा दिउँसै चोरी

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ कार्तिक २२, शनिबार

काठमाडौंको बाइसधारामा दिउँसै चोरी भएको छ ।

काठमाडौं महानगरपालिका–१६ बाईसधारा डेरा गरी बस्ने भोजपुरका ४० वर्षीय उमेश राईको कोठाबाट शुक्रवार दिउँसो चोरी भएको हो ।

राईको कोठाबाट नगद तथा सुनका गरगहना समेत गरी करिब २ लाख २८ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ ।

चोरीमा संलग्न व्यक्ति हाल फरार रहेका छन् । चोरी गर्ने व्यक्तिको खोजी गरीरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध