arin enterprises

इशाले भनिन्, बुबा ठिक हुनुहुन्छ

SamacharDesk – बिराज | २०८२ कार्तिक २५, मंगलबार

बलिउडका चर्चित अभिनेता धर्मेन्द्रकी सुपुत्री इशा देओलले आफ्ना बुबाको स्वास्थ्य स्थिति स्थिर रहेको बताएकी छन् ।

भारतीय सञ्चारमाध्यममा अभिनेता धर्मेन्द्रको निधन भएको खबर सार्वजनिक भइरहँदा इशाले उनको स्वास्थ्यमा सुधार भइरहेको बताएकि हुन् ।

सामाजिक संजाल इन्स्टाग्राममा लेख्दै आफ्ना बुबा धर्मेन्द्रको स्वास्थ्यमा हाल सुधार भइरहेको र संचारमाध्यममा आएका समाचार गलत भएको बताएकी हुन् ।

उनले आफ्नो इन्स्टाग्राम पोस्टमा संचारमाध्यम अतिरञ्जित देखिएको र अफवाह फैलाइरहेको भनेकी छन् ।

बलिउडमा हिम्यान नामले परिचित ८९ वर्षीय वरिष्ठ अभिनेता धर्मेन्द्र केवल कृषन देओल हाल मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचाररत छन् । उनको श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो उनलाई अस्पताल भर्ना गरिएको थियो । 

Categorized in पेजथ्री