arin enterprises

एनपिएलमा सट्टाबाजी गराउन खोज्ने दुई जना पक्राउ

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ मङ्सिर ४, बिहिबार

एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत हरियाणा रानीमहाल पानीपत बस्ने २८ वर्षीय दिलप्रित सिंह र भारत चण्डिगढ बस्ने बर्दिया बारबर्दिया नगरपालिका–८ मगरागडी घर भएकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेका छन् ।

क्रिकेट एशोसियसन अफ नेपाल क्यानले मंसिर १ गतेबाट कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करण सुरु गरेको छ ।

सिंह र ठकुरीले सोही क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरूलाई स्पोन्सर गर्छौ भनी सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरी खेलको हारजीतमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको प्रहरीले बताएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

Categorized in अपराध