बसले किचेर सहचालकको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ मङ्सिर ७, आइतबार
काठमाडौंको कोटेश्वर चोकमा बसले किचेर सोही बसका सह चालकको मृत्यु भएको छ ।
आज (आइतवार) दिउँसो कोटेश्वरमा बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका–१० का ४१ वर्षीय सुरेन्द्र लागेको मृत्यु भएको हो ।
बा.३ ख ७३८७ नम्बरको बस गुडिरहेको अवस्थामा बसबाट खस्दा सोही बसले किचेर लागे गम्भीर घाइते भएका थिए ।
उपचारको लागि उनलाई वीर अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
Categorized in समाज




