‘चित्रमय चापर्वहरुको देशः नेपाल’ पुस्तक सार्वजनिक
SamacharDesk – बिराज | २०८२ मङ्सिर १२, शुक्रबार
प्रेममान डंगोलबाट लिखित पुस्तक ‘चित्रमय चाडपर्वहरुको देशः, नेपाल’ सार्वजनिक भएको छ ।
नेपाल स्रष्टा समाजले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरेको हो ।
कार्यक्रममा बोल्दै इतिहासविद् डा. पुरुषोत्तम लोचन श्रेष्ठले यो पुस्तक नेपालमण्डलको संस्कृति विषयमा केन्द्रीत भएर लेखिएको एक संस्कृति विश्वकोष नै भएको बताए ।
‘पुस्तकमा संग्रहित १०७ वटा लेखहरु जानकारीमूलक र नूतन ज्ञानको समेत स्रोत बनेको छ । इतिहास, संस्कृति र पुरातत्वको अध्ययन गर्नेहरुको लागि यो पुस्तक अनिवार्य नै रहेको मैले देखेको छु’ इतिहासविद् श्रेष्ठले भने ।
त्यसैगरी वरिष्ठ साहित्यकार सितल गिरीले विमोचित पुस्तक नेपालमण्डलको संस्कृति बुझ्नको लागि अत्यन्त उपयोगी भएको बताए । लेखकले पुस्तकमा लोप हुँदै गइरहेको धार्मिक संस्कृतिको बारेमा प्रकाश पारेको जिकिर गिरिले गरे ।
कार्यक्रमको आयोजक संस्था स्रष्टा समाजका अध्यक्ष श्रीओम रोदन श्रेष्ठले लेखकको वर्षौैंको लगन, अध्ययन, अनुसन्धान पछि तयार भएको यो पुस्तक नेपालको संस्कृतिको अध्ययन अनुसन्धानका लागि धेरै सहयोग पुर्याउने बताए ।
पुस्तकका लेखक डंगोलले नेपालमण्डलमा मनाइने विभिन्न जात्रापर्वहरु सम्झिँदा मात्र पनि मनमा आनन्दमय चित्रको परिकल्पना हुने भएकाले पुस्तकको नाम चित्रमय चाडपर्वको देशः नेपाल राखिएको बताए ।
Categorized in पेजथ्री




