arin enterprises

युक्रेनकी फर्स्ट लेडीलाई कोरोनाभाइरसको संक्रमण

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ३०, शुक्रबार

युरोपियन राष्ट्र युक्रेनकी फर्स्ट लेडीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्कालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

जेलेन्स्काले शुक्रबार सामाजिक संजालमार्फत आफुलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएकी हुन् ।

उनले आफुसाथै परिवारले समेत मास्क, पञ्जा प्रयोग गर्नुका साथै कमभन्दा कम मानिससँग सम्पर्कमा रहेर सबै प्रकारका नियम निरन्तर पालना गर्दै आएकोमा कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आउनु अनपेक्षित भएको लेखेकी छन् ।

उनको रीपोर्ट पोजेटिभ आएपनि राष्ट्रपति भोलोदमिर र छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

युक्रेनी संचारमाध्यमले जेलेन्स्काको अहिले स्वास्थ अवस्था सामान्य रहेको जनाएको छ । उनलाई अस्पतालमा भर्ना नगरीएको तर श्रीमान र छोराछोरीबाट भने अलग्गै राखिएको छ । 

युक्रेनमा हालसम्म २९ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ भने ८ सय ७० जनाको मृत्यु भएको छ । १३ हजार ७ सय ६७ जनाले यो भाइरसलाई जितिसकेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय