दोस्रो आइजीपी नेश्नल तेक्वान्डो च्याम्पियनसिप आज सम्पन्न हुँदै
SamacharDesk – बिराज | २०८२ पौष २१, सोमबार
काठमाडौं । नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा सुरु भएको दोस्रो आइजीपी नेश्नल तेक्वान्डो च्याम्पियनसिप–२०८२ आज सोमवार सम्पन्न हुँदैछ ।
आइतबारबाट नेपाल पुलिस स्कूल सामाखुसीमा सुरु भएको प्रतियोगीता आज सम्पन्न हुन लागेको हो ।
आइतबार एक कार्यक्रमका बीच प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले प्रतियोगीताको उद्घाटन गरेका थिए ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन, सामूहिक भावना, नेतृत्व क्षमताको विकासको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी तयार गर्न सहयोग पुग्ने बताए ।
नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य राम प्रसाद भुसालले प्रतियोगिता सम्बन्धी जानकारी दिनुभएको थियो ।
प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४५ वटा विद्यालय÷डोजाङका करिब ६ सय जना तेक्वान्डो खेलाडीहरूको सहभागीता रहेको छ ।
Categorized in स्पाेर्ट्स




