arin enterprises

प्रसिद्ध समाचार वाचक माइकलको निधन

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ पौष २५, शुक्रबार

काठमाडौं । रेडियो नेपालका प्रसिद्ध अंग्रेजी समाचार वाचक माइकल चन्द (हरिश चन्द) को निधन भएको छ ।

७७ वर्षीय चन्दको आज (शुक्रवार) विहान निधन भएको हो । चन्दको उपचारको क्रममा महाराजगंजस्थित मेट्रो अस्पतालमा निधन भएको हो ।

चन्द क्यान्सर रोगबाट पीडित थिए ।

स्वर्गीय चन्द सन् १९७० मा रेडियो नेपालमा अंग्रेजी समाचार वाचकको रुपमा आवद्ध भएका थिए भने ३३ वर्ष सेवा दिइ सन् २००४ मा सेवा निवृत्त भएका थिए ।

उनलाई माइकल चन्द नामबाटै चिनिन्थ्यो भने रेडियो नेपालमा समाचार वाचन सुरु गर्दा नेपाली नाम नै राख्ने सल्लाह अनुसार हरिश चन्द राखिएको उनले एक अन्तर्वार्तामा बताएका थिए ।

चन्द नेपालको पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दका श्रीमान हुन् । उनका तीन छोरीहरु छन् । दुई जना अमेरिकामा बस्दै आएका छन् भने एक जना छोरी नेपालमै छिन् ।

दुई छोरी अमेरिकाबाट नेपाल आएपछि आइतवार उनको अन्त्येष्टि गरिने परिवार श्रोतले बताएको छ ।

Categorized in राष्ट्रिय