arin enterprises

नेफिनको ११औं महाधिवेशनको लोगो सार्वजनिक

SamacharDesk – बिराज | २०८२ माघ ५, सोमबार

काठमाडौँ । आदिवासी जनजाति महासंघ (नेफिन) को ११औं रास्ट्रीय महाधिवेशनको मुल नारा, लोगो र पोस्टर सार्वजनिक भएको छ ।

आइतबार पत्रकार सम्मेलनमार्फत नेफिनले आउँदो माघ ९ र १० गते विराटनगरमा हुन गइरहेको११औं महाधिवेशनको नारा, लोगोको साथमा पोस्टर सार्वजनिक गरिएको हो ।

११औं महाधिवेशनको लागि ‘प्राकृतिक श्रोत जल, जमिन र जङ्गलमाथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर’, ‘प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभुमिको पहिचानको आधारमा प्रदेशहरुको पुनःनामाङ्कन गर !!’ नारा तय गरिएको छ ।

महासंघका अध्यक्ष एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाले महाधिवेशनलाई भव्य र सफल बनाउनका लागि विभिन्न १२ वटा उपसमिति गठन गरेर तयारी भइरहेको जानकारी दिए ।

नेपालका सम्पूर्ण आदिवासी जनजातिलाई गोलबद्ध गर्दै पहिचानसहितको सामूहिक अधिकार स्थापित गर्ने उद्देश्यले २०४७ सालमा नेपाल आदिवासी जनजाति महासंघको स्थापना भएको थियो ।

नेपालमा कुल जनसंख्यामध्ये करिब ३६ प्रतिशत आदिवासी जनजातिको संख्या रहेको छ ।

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत ६० वटा आदिवासी जनजाति समुदायमध्ये महासंघमा ५६ समुदाय र विभिन्न १२ वटा सम्बद्ध संगठन आबद्ध रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैगरी विभिन्न २५ वटा देशमा महासंघका प्रवास संगठन, देशभरका सातवटा प्रदेश समन्वय परिषद्, ७७ वटा जिल्ला समन्वय परिषद्, स्थानीय पालिका र वडा समन्वय परिषद्हरुमार्फत सङ्गठित भएर काम भइरहेको महासंघका अध्यक्ष शेर्पाले बताए ।

Categorized in राष्ट्रिय