arin enterprises

खड्गीको कला यात्राको एक दशकको उत्सव मनाइयो

SamacharDesk – बिराज | २०८२ माघ १९, सोमबार

चर्चित कलाकार आराध्या लक्ष्मी खड्गीको एक सय म्यूजिक भिडियोको साथै कला क्षेत्रमा एक दशक पार भएको अवसरलाई उत्सवको रुपमा मनाइएको छ ।

कलाकार खड्गीको जन्मदिनको अवसरमा ललितपुरमा एक भव्य कार्यक्रमको आयोजना गरी उत्सव मनाइएको हो ।

कार्यक्रममा खड्गीले आफ्ना आमाबुबासँग केक काट्दै आफ्नो जन्मदिन मनाइन् । त्यस्तै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, आमा चलचित्रकी आमा चैत्यदेवी सिंह लगायतका कलाकारहरुसँग केक काट्दै सय म्यूजिक भिडियो र कला क्षेत्रमा एक दशकको खुसियाली मनाइन् ।

कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, चैत्यदेवी सिंहको साथै संगीतकर्मी जुगल डंगोल, यमन श्रेष्ठ, राजेशमान सिंह, कलाकार हिसिला महर्जन लगायतले खड्गीलाई शुभकामना दिँदै आफ्ना कुरा राखेका थिए ।

स्वास्थ्य अवस्था प्रतिकुल भएका कारण वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरको शुभकामना सन्देश भिडियोमार्फत राखिएको थियो । 

कलाकार खड्गीले कला क्षेत्रमा अगाडी बढ्न साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा अझ राम्रो प्रस्तुति राख्दै जाने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा खड्गीको एक दशकको कला यात्रा सम्वन्धि जानकारीमूलक भिडियो सामग्री पनि प्रदर्शन गरिएको थियो ।

Categorized in पेजथ्री