arin enterprises

२७३ जना नयाँ संक्रमित थपिए, कुल संक्रमित संख्या ५३३५

SamacharDesk – विकाश | २०७७ जेठ ३१, शनिबार

नेपालमा थप २ सय ७३ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न ११ वटा प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ४७ जना पुरुष र ३६ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

आज थप भएको संख्यासँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । तीमध्ये ४ हजार ९ सय ४९ जना पुरुषहरु छन् भने ३ सय ८६ जना महिला हुन् ।

संक्रमित जिल्ला संख्या आज पनि ७२ नै यथावत छ । 

कोरोना संक्रमण निको हुनेको संख्या भने ९ सय १३ पुगेको छ । पछिल्लो पटक थप ३६ जना संक्रमणमुक्त भएर देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु संख्या १८ पुगेको छ ।

देशभरमा अहिलेम्म पिसिआर विधिबाट १ लाख २७ हजार २ सय ८८ र आरडिटी विधिबाट १ लाख ९० हजार ५ सय ८२ वटा परिक्षण भएका छन् ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ५ हजार ६ सय ६१ र आरडिटी विधिबाट २ हजार ५ सय ३० वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ५० हजार ५ सय ४९ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ४ हजार ४ सय ४ रहेको छ ।

Categorized in राष्ट्रिय