arin enterprises

विश्वभरी क्यान्सर दिवस मनाईँदै

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ माघ २१, बुधबार

आज फेब्रुअरी ४, क्यान्सर सम्वन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभरी विश्व क्यान्सर दिवस मनाईँदैछ ।

दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरिँदैछ । क्यान्सरलाई नेपाली भाषामा अर्वुद रोग भन्ने गरिएको छ ।

सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’ पछि यो दिवस मनाउन थालिएको हो ।

यस वर्ष दिवसको लागि ‘युनाइटेड बाइ युनिक (United By Unique)' तय गरिएको छ ।

आजको दिनलाई क्यान्सरसँग संघर्ष गर्दै जीवन गुमाएकाको संघर्षलाई सम्झिँदै श्रद्धान्जलि अर्र्पण गर्ने दिन पनि हो ।

विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ) का अनुसार विश्वमा हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । नेपालमा मात्रै हरेक वर्ष झन्डै २६ देखि ३० हजारको संख्यामा क्यान्सरका नयाँ बिरामी थपिने गरेको तथ्याङ्कले देखाउँछ ।

अस्वस्थ जीवनशैल क्यान्सर रोगको प्रमुख कारण हुने गरेको चिकित्सकहरु बताउँछन् ।

धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली यो रोगका प्रमुख कारण मानिएको छ । क्यान्सर देखिने वित्तिकै आत्तीहाल्नु नपर्ने चिकित्सकहरु बताउँछन् ।

क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ’अकोंलोजी’ भनिन्छ । समयमै पहिचान गरी उपचारमा लागेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिने विशेषज्ञहरु बताउँछन् ।

जाँडरक्सी, सुर्तीजन्य पदार्थ सेवन, धुमपानको सेवन नगर्न, स्वस्थ्यकर खानपानमा ध्यान दिन चिकित्सकहरु सुझाव दिन्छन् । 

Categorized in राष्ट्रिय