रामकृष्ण र सुशीलाको ‘तिमीसँग’ सार्वजनिकः भिडियोसहित
SamacharDesk – विजयरत्न | २०८२ माघ २३, शुक्रबार
चर्चित गायक रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ ।
डिपी खनालको शब्द रचना, शंकर थापा स्माइलको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा सागर दाहाल र स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । भिडियोमा गायक रामकृष्ण र गायिका सुशीलालाई पनि देख्न सकिन्छ ।
भिडियोमा उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन छ ।
प्रेमील यस गीतमा आफूले मन पराएको मान्छेसँग सधै साथ रहँदा मन रमाउने भाव व्यक्त गरिएको छ ।
गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
अमेरिकाको बोस्टन निवासी गायिका सुशीला नेपाल बाहिर भए पनि गीत संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी छिन् ।
Categorized in पेजथ्री




