arin enterprises

विमला ढुंगाना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण

SamacharDesk – विजयरत्न | २०८२ माघ २९, बिहिबार

साहित्यकार विमला ढुंगाना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त पुस्तकको लोकर्पण गरिएको हो ।

स्रष्टा समाजका अध्यक्ष  साहित्यकार श्रीओम ‘रोदन’, लगायतको साथै समिक्षक प्रा.डा.यज्ञश्वर निरौला, कृतिकार निरौला, साहित्यकार प्रमोद प्रधान, कृतिका सम्पादक रमेश दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे ।

कार्यक्रममा बोल्दै स्रष्टा विमलाले आफ्नो पछिल्लो कृति ‘प्रेमाश्रु’ले पाठकको मन जित्नेमा आशावादी रहेको बताइन् ।

प्रकाशक संस्था मिलाप पब्लिकेशनका कृष्ण भुसालले ‘प्रेमाश्रु’मा धेरै कथामा प्रेमलाई प्राथमिकता दिएर लेखिएको बताउँदै प्रेम दिवसमा पाठकमाझ आएको बताए ।

किशोर गौतमको वर्णविन्यास रहेको २०० पृष्ठको यस कृतिको मूल्य ४५० रुपैयाँ राखिएको छ । विगत लामो समयदेखि भर्जिनिया, अमेरिकामा बस्दै आएकी निरौला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को निर्वतमान महासचिव हुन् ।

Categorized in पेजथ्री