चैत्य देवी नीर शाह लगायतलाई डायमण्ड फिल्मस् रत्न सम्मान
SamacharDesk – विजयरत्न | २०८२ माघ २९, बिहिबार
नेपालको पहिलो चलचित्र ‘आमा’कि आमा चैत्य देवी सिंह डायमण्ड फिल्म्स रत्न सम्मानमा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएकी छिन् ।
डायमण्ड आर्ट एण्ड कल्चर नेपालले एक समारोहको आयोजना गरी सिंह लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरुलाई ‘डायमण्ड फिल्म्स् रत्न सम्मान तथा अवार्ड २०८२’ प्रदान गरिएको हो ।
चलचित्र बिकास बार्डको सभाहलमा सम्पन्न समारोहमा रत्न सम्मान पाउनु हुने बिशिष्ठ व्यक्तित्वहरुमा नीर शाह, बसुन्धरा भुसाल, कृष्ण मल्ल, युबराज लामा र गोपालकाजी कायस्थ रहेका छन् ।
त्यसैगरी चलचित्र क्षेत्रमा योगदान पुर्याउनेमा रबिन्द्र खड्का, पुष्कर लामा, जनक बहादुर कार्की, बुद्धिमान स्याङ्तान ‘निर्मल’, रामेश्वर बुर्लाकोटी, ओम अग्रवाल, सन्जोक राणा सम्मानित भए ।
अमेरिकामा रहेर नेपाली कलासंस्कृतीको क्षेत्रमा क्रियाशिल चलचित्रकर्मीहरुमा निर्देशक किशोर सुब्बा, गीतकार डा. हरि उप्रेती, अभिनेता बिक्रात बस्नेत, अभिनेता दिनेश थापा, कलाकार खड्क बहादुर पुलामी, निर्माता तथा निर्देशक दिनेश लिङ्देन सम्मानित भएका थिए ।
समारोहमा चलचित्रका विविध विधामा योगदान पुर्याउने कलाकार, प्राविधिकको साथै तामाङ चलचित्रका विविध बिधामा समेत अवार्ड दिइएको थियो ।
साथमा समाजसेवी सम्मान बिनय जंग बस्नेत, हिमल पाख्रिन, शिव तान्त्रिक गुरु, बुद्धि कुमार खड्गी, छिरिङ दोर्जे तामाङ, जित सिं महर्जन रहेका छन् ।
समारोहमा नेपाली चलचित्रका बरिष्ठ कलाकार स्वर्गीय सुनिल थापालाई श्रद्धान्जली अर्पण गर्दै उनको तस्वीरमा माल्यार्पणसंगै एक मिनेट मौनधारण समेत गरिएको थियो ।
Categorized in पेजथ्री




