arin enterprises

नेपालभाषाको म्यूजिकल फिल्म ‘छन्त लुमंला’ सार्वजनिक

SamacharDesk – बिराज | २०८२ फाल्गुण ३, आइतबार

फिल्म गायक सुरेन्द्र श्रेष्ठको आवाज रहेको नेपालभाषाको गीत ‘छन्त लुमंला’ सार्वजनिक भएको छ ।

भ्यालेन्टाइन डेको दिन आज (शनिवार) कीर्तिपुरमा एक कार्यक्रमका बीच प्रेमभावले भरिएको गायक श्रेष्ठबाटै संगीतबद्ध यस गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गायकद्वय रामेश श्रेष्ठ, जुजुकाजी रंजित, वरिष्ठ कलाकार आशाकाजी थकू, युवा कलाकार मनो महर्जन लगायतले नेपालभाषाका नयाँ स्तरीय गीतहरु निरन्तर सार्वजनिक भइरहेकोमा खुसी व्यक्त गरे ।

म्यूजिक भिडियोका निर्देशक साथै छायाङ्कार र भिज्युअल एडिटर रजिन महर्जनले ६ मिनेटको यस गीतको कथालाई एउटा फिचर फिल्म जस्तै नै प्रस्तुत गर्न खोजेको बताएका छन् । निर्देशक महर्जनले यस म्यूजिक भिडियोलाई म्यूजिकल फिल्म नै भनेका छन् ।

म्यूजिक भिडियोमा दूई प्रेमीको बाल्यकालदेखिको माया पिरती र पछि दुई जनाको वियोग हुने कथा देखाइएको छ ।

म्यूजिक भिडियोमा देबेन्द्र महर्जन र अमिता महर्जन मुख्य कलाकारका रुपमा छन् भने भने अरु पनि थुप्रै सह स बाल कलाकारहरुको भूमिका रहेको छ । शब्द रचना श्याम तमोटको रहेको छ ।

यस गीतको भिडियो वाइजीजी स्टुडियो युट्युब च्यानलमार्फत रिलिज भइसकेको छ ।

Categorized in पेजथ्री