साहित्यकार बाशु शशीको जन्म जयन्तीमा स्रष्टाहरु सम्मानित
SamacharDesk – विजयरत्न | २०८२ चैत्र १३, शुक्रबार
साहित्यकार बाशु शशीको ९०औं जन्म जयन्तीको अवसरमा साहित्यकारहरुलाई विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित गरिएको छ ।
साहित्यकार बासु शशीको नाममा स्थापित ‘वासु शशी स्मृति परिषद्’ले एक कार्यक्रमको आयोजना गरी साहित्यकारहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा वसन्त चौधरीलाई ‘वासु शशी साहित्य पुरस्कार २०८२’ र साहित्यकार जयदेव भट्टराईलाई ‘वासु शशी स्रष्टा पुरस्कार–२०८२’ प्रदान गरियो । त्यस्तै साहित्यकार हरि मञ्जुश्रीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८२’ प्रदान गरेको छ ।
साहित्य पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ भने स्रष्टा पुरस्कार २१ हजार रुपैयाँको हो ।
परिषद्का सदस्य–सचिव प्रद्युम्न जोशीले नेपाली साहित्य क्षेत्रको उत्थान र संरक्षणको उद्देश्यले यो पुरस्कार प्रदान गर्दै आएको बताए ।
कार्यक्रममा विशिष्ट चलचित्रकर्मी यादव खरेल, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन लगायतको उपस्थिति रहेको थियो ।
Categorized in पेजथ्री




