चलचित्र विकास बोर्डबाट चलचित्रकर्मीहरुलाई सहयोग हस्तान्तरण
SamacharDesk – विजयरत्न | २०८३ बैशाख ११, शुक्रबार
स्वास्थ्य उपचार, स्वास्थ्य सम्बन्धी कठिनाइ सामना गरिरहेका चलचित्रकर्मीहरूलाई चलचित्र विकास बोर्डले आर्थिक राहत हस्तान्तरण गरेको छ ।
बोर्ड अन्तर्गत सञ्चालित चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक राहत हस्तान्तरण गरेको हो ।
नेपाली चलचित्र क्षेत्रमा आ–आफ्नो विधाबाट महत्वपूर्ण योगदान पु¥याएका चलचित्रकर्मीहरूको स्वास्थ्य उपचार र कठिन समयमा साथ दिने उद्देश्यले चलचित्रकर्मी र परिवारलाई सहयोग रकम प्रदान गरिएको बोर्डले जनाएको छ ।
रकम हस्तान्तरणको क्रममा विकास बोर्डका अध्यक्ष दिनेश डी.सी., चलचित्रकर्मी कल्याण कोषका संयोजक बसुन्धरा भुसाल, कोषका सदस्यहरू मोहन निरौला, नारायण प्रधान, जनकदीप पराजुली र पुष्कर लामाको उपस्थिति रहेको थियो ।
नेपाली चलचित्र क्षेत्रका स्रष्टा, कलाकार, प्राविधिक, पत्रकार तथा समग्र चलचित्रकर्मीहरूको सम्मान, सुरक्षा र कल्याणप्रति बोर्ड सदैव प्रतिबद्ध रहेको विकास बोर्डले जनाएको छ ।
सहयोग प्राप्त गर्ने चलचित्रकर्मीहरूः
रोमा बिष्ट — कलाकार,
क्षितिजा शाक्य — कलाकार,
फडेन्द्र बहादुर विश्वकर्मा — द्वन्द्व कलाकार,
पासाङ तेम्बा शेर्पा — कला निर्देशक,
शान्तिप्रसाद उपाध्याय (शान्तिप्रिय) — चलचित्र पत्रकार,
प्रवीण थापा — निर्माता,
स्व. अशोक रोक्का — वरिष्ठ श्रृंगारकर्मी
Categorized in पेजथ्री




