arin enterprises

आफ्नै बुबाको हत्या अभियोगमा युवक पक्राउ

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ बैशाख १२, शनिबार

रूपन्देहीमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

आफ्नै बुबा ५८ वर्षीय जङ्ग बहादुर थारूको हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका–४ बेलडाँडा बस्ने २४ वर्षीय सुनिल थारूलाई प्रहरीले पक्राउ गरेको हो ।

सुनिलले कुटपिट गर्दा गम्भीर घाइते भएका जङ्ग बहादुरलाई उपचारका लागि पिपरा अस्पताल कपिलबस्तु लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा जङ्ग बहादुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरी टोलीले सुनिललाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 

Categorized in अपराध