arin enterprises

कलाकार संघमा केसीको नेतृत्व

SamacharDesk – विजयरत्न | २०८३ जेठ ४, सोमबार

चलचित्र कलाकार संघको अबको नेतृत्व कलाकार उत्तम केसीले गर्ने भएका छन् ।

सोमवार राति सपन्न निर्वाचनको मतपरिणाममा अध्यक्ष पदमा विजयी भएसँगै केसीले संघको नेतृत्व पाएको हो । केसी २१६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी सबिन श्रेष्ठले १३२ मत प्राप्त गरे ।

निर्वाचनमा कुल ३५६ मत खसेको थियो ।

दुई उपाध्यक्ष पदमा पूजना प्रधान र शिवहरी बैरागी विजयी भएका छन् । पूजना १४४ र बैरागी १४६ मतसहित विजयी भएका हुन् ।

उपाध्यक्ष पदका अन्य उम्मेदवार पनाह अधिकारीले १३५, उद्धव भट्टराईले १०७, डिबी तामाङले २७ तथा राजेन्द्र बस्नेतले १८ मत पाएका थिए ।

महासचिव पदको जिम्मेवारी सुनील कटुवालले पाए । कटुवाल १९५ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी रामेश्वर बुर्लाकोटीले १२५ मत प्राप्त गरे ।

सचिव पदमा गोपाल ढकाल २१४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी पल्पसा डंगोलले ११० मत प्राप्त गरिन् ।

कोषाध्यक्ष पदमा तेजुला खतिवडा १४९ मतसहित निर्वाचित भइन् । खतिवडाका प्रतिस्पर्धी पवित्रा आचार्यले १०६ र खुश्व खड्काले ५८ मत प्राप्त गरे । सहकोषाध्यक्षमा पवन केसी १६१ मतसहित विजयी भए भने गीता नेपालले १५३ मत प्राप्त गरिन् ।

१० सदस्य पदमा १० इन्द्रबहादुर लामा (खम्बे), चन्द्रकला (मोनिका) दाहाल, चन्द्रकला राई (लब्ली संगम), छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई तथा सुलेमान इकु चुनिएका छन् । 

Categorized in पेजथ्री