arin enterprises

नेपालको नयाँ नक्सा सर्वसम्मत पारित

SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ३१, शनिबार

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भूभाग समेटिएको नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित भएको छ। 

नयाँ नक्सा सार्वजनिक भए लगत्तै सरकारले नेपाल सरकारको शाही निशान छाप संशोधन विधयेक संसदमा दर्ता गरेको थियो। 

विधयेक पारित गर्ने वा नगर्ने विषयमा आज चुनाव गरिने मिति तय गरिएको थियो ।

संसदभित्र आज चुनावको दिनमा २ सय ५८ जना सांसद उपस्थित थिए। चुनावमा सबैजनाले नयाँ नक्साको पक्षमै मतदान गरेको थिए। 

विपक्ष नरहेकाले दुई–तिहाई भन्दा बढी मतसहित सर्वसम्मत पारित भएको हो।

संशोधन विधयेक सर्वसम्मत पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरेका थिए।

योसँगै अब नेपालको निशान छापमा नयाँ नक्सा राख्नको लागि बाटो खुलेको छ ।

संसदमा उपस्थित प्रमुख प्रतिपक्षी लगायत प्राय सबै दलका नेताहरुले राष्ट्रियताको सवालमा सबै एक ढिक्का भएर अघि बढ्ने भनेको थिए ।

Categorized in राष्ट्रिय