निर्देशक समाजमा अरुण कुमार विजयी
SamacharDesk – विजयरत्न | २०८३ जेठ ५, मंगलबार
चलचित्र निर्देशक समाजमा अबको कार्यकालमा निर्देशक अरुण कुमार प्रधानले नेतृत्व गर्ने भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनमा ९ः३० बजे घोषित अन्तिम परिणाममा अध्यक्ष पदमा अरुण कुमार प्रधान विजयी भएका हुन् ।
कुल १५९ मत खसेकोमा अध्यक्ष पदमा विजयी उम्मेदरवार प्रधानले १०९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी जनकदीप पराजुलीले ४६ मत प्राप्त गरे ।
उपाध्यक्ष पदमा ९५ मतसहित सुभास गजुरेल र ७१ मतसहित दीपक वली निर्वाचित भएका छन् ।
महासचिवको जिम्मेगवारी समुन्द्र भट्टले पाएका छन् । भट्टले १०६ मत पाउँदा उनका प्रतिद्वन्द्वदी कमल एक्चै मगरले ४७ मत प्राप्त गरे । सचिव पदमा ८० मतसहित राजबहादुर साने चुनिए ।
कोषाध्यक्ष पदमा भने जनक खड्का निर्विरोध निर्वाचित भएका छन् । उत्सव केसी ६७ मतसहित बिजयी भएर सहकोषाध्यक्ष बनेका छन् ।
६ जना सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमर दीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध चुनिएका छन् ।
Categorized in पेजथ्री




