भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले राणा र मैनालीलाई सम्मान गर्ने
SamacharDesk – विजयरत्न | २०८३ जेठ १४, बिहिबार
काठमाडौं । यस वर्षको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’ यस वर्ष गायनतर्फ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरिने भएको छ ।
त्यसैगरी सङ्गीततर्फको राष्ट्रिय संगीत सम्मान वरिष्ठ सङ्गीतकार सीके रसाइलीलाई प्रदान गरिने भएको छ ।
यस वर्षको ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान’ वरिष्ठ कलाकार पवन मैनाली तथा वरिष्ठ सङ्गीतकर्मी दीपक थापालाई प्रदान गरिने भएको छ ।
वरिष्ठ गायिका राणाा र वरिष्ठ संगीतकार रसाइलीलाई राष्ट्रिय संगीत सम्मान स्वरुप दोसल्ला, ताम्रपत्रको साथमा जनही एक–एक लाख रुपैयाँ प्रदान गरिनेछ ।
त्यस्तै सुस्वास्थ्य कामना सम्मानबाट सम्मानित हुने वरिष्ठ कलाकार मैनाली र वरिष्ठ संगीतकर्मी रसाइलीलाई ताम्रपत्रसहित जनही ५० हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
यस वर्षदेखि सुस्वास्थ्य कामना सम्मानलाई थप विस्तार गर्दै अमेरिकामा सक्रिय सामाजिक तथा सांस्कृतिक संस्था अमर क्षेत्री फाउण्डेशनको समेत सहकार्य रहने भएको छ ।
Categorized in पेजथ्री




