आज देशभर बादल लाग्ने, कतै असिनासहित वर्षाको सम्भावना
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ जेठ १५, शुक्रबार
जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशााले आज देशभर साधारणतया बादल लाग्ने जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा साथै मधेश, कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र असिनासहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
महाशाखाले यी स्थानहरुमा हिमपातको सम्भावना रहेको जनाएको छ । आज राती लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ ।
बाँकी भू–भागमा आंशिक बादल लाग्ने महाशाखाले जानकारी दिएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
देशका तराई र पहाडी भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा (तचयगनज), स्थानीय वायू तथा नेपालको दक्षिण भू–भाग नजिक पूर्व देखि पश्चिम सम्म रहेको न्युन चापिय रेखाको प्रभाव रहेको छ ।
Categorized in राष्ट्रिय




