काठमाण्डौंमा चिनिया चलचित्र प्रदर्शन हुने
SamacharDesk – विजयरत्न | २०८३ जेठ १७, आइतबार
नेपालमा चिनिया चलचित्र प्रदर्शन हुने भएको छ ।
चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर ६ वटा फिल्म प्रदर्शन गर्न लागेको हो ।
यसका लागि काठमाडौँस्थित चिनियाँ सांस्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र लुम्बिनी बुद्धिस्टका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोग गर्न लागेको छ ।
ठमेलस्थित छायाँ सेन्टरमा ६ वटै फिल्महरू सशुल्क प्रदर्शन गरिने नेपाल व्यवस्थापक चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।
चिनियाँ चलचित्र उद्योगसँग नेपाली चलचित्रकर्मीको सम्बन्ध विस्तार हुने उद्देश्यका साथ आफूहरू जोडिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।
कार्यक्रमको पहिलो दिन तीन फिल्म देखाइने तालिका रहेको छ ।
बिहान साढे ११ बजे सुरु हुने यस कार्यक्रम मा पहिलो फिल्म ट्र्याप प्रदर्शन हुने छ । जुन सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध हुनुभन्दा एक वर्षअघि जेलबाट भागेको एक गुण्डाले सहरमा बिताण्डा मच्चाएको कथामा आधारित छन् ।
निर्देशक सागर झाङबाट निर्देशित क्राइम थ्रिलर जेनरेमा बनेको यो फिल्मले बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट पटकथा र सह–अभिनेताको अवार्ड जितेको थियो ।
निर्देसक झाङ्ग को दर्सक संग प्रश्नोत्तर पनि हुने जनाइएको छ। दिउँसो ३ बजे प्रदर्शन सुरु हुने झिहाई लिउद्वारा निर्देशित फिल्म ‘बियोन्ड द स्काइज’ युद्धको कथामा बनेको फिल्म हो ।
बेलुको ५ बजेबाट प्रदर्शन हुने फिल्म ‘समर डायरी’ का निर्देशक वु शुआङ हुन् । आमाको खोजीमा निस्किएका एक पात्रको यात्रामा यो फिल्म बनेको छ ।
त्यस्तै रुई कुई र सियाङ लिउ निर्देशित फिल्म ‘लस्ट इन द स्टार’ प्रदर्शन हुने तालिका छ । यो फिल्म गर्भवती महिला हराएको रहस्यमी घटनामा आधारित छ । ‘द स्याडोलेस टावर’ झाङ लु निर्देशित यस फिल्म प्रेम कथामा आधारीत छ ।
दाशाङ कोङ निर्देशित साइन्स फिक्सन फिल्म ‘जर्नी टु द वेस्ट’ प्रदर्शन हुनेछ । एलियनको खोजीको कथामा बनेको यो फिल्म ब्यङ्ग्यात्मक वृत्तचित्र शैलीमा बनेको छ ।
Categorized in पेजथ्री




