बलिउड अभिनेता सुशान्तले गरे आत्महत्या
SamacharDesk – विकाश | २०७७ जेठ ३२, आइतबार

विश्वभरि कोरोना महामारीको अवस्थामा अप्रत्याशित किसिमका खबरहरु आइरहेका छन् । यसैबीच बलिउडबाट फेरी एउटा यस्तै खबर आएको छ ।
चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् ।
मुम्बई बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर उनले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा लकडाउन जारी भएको समयदेखि सुशान्त यहि घरमा एक्लै बसिरहेका थिए । सुशान्त आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
उनले जुन ३ मा आफ्नो आमालाई सम्झिँदै इन्स्टाग्राममा भावनात्मक शब्दहरु लेखेको थिए । उनको आमाको मृत्यु सन् २००२ मा भएको थियो । त्यो बेला उनी मात्र १६ वर्षका थिए ।
उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ ।
उनले किन आत्महत्या गरे भनेर खुलेको छैन ।
डिप्रेसनको शिकार भएका उनको सुशान्तको सेक्रेटरीले पनि हप्तादिन अगाडीमात्रै भवनबाट हाम फालेर आत्महत्या गरेकि थिइन् ।
३४ वर्षीय सुशान्त गत ६ महिनादेखि डिप्रेसनको उपचार गराइरहेका थिए ।
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीको बायोपिक ‘एमएस धोनी द अनटोल्ड स्टोरी’ सुशान्तले धोनीको भूमिका निर्वाह गरेका थिए ।
यो चलचित्रमा उनको विशेष चर्चा भएको थियो ।
उनले सन् २०१३ मा काइ पो छे फिल्ममार्फत बलिउड प्रवेश गरेका थिए ।
शुद्ध देशी रोमान्स, पीके, रब्ताजस्ता फिल्ममा उनले अभिनय गरेका थिए ।
उनी टेलिभिनजको पर्दाबाट चलचित्र क्षेत्रमा आएका थिए । उनले २००८ मा ‘किस देशमै है मेरा दिल’ नामक टेलिश्रृङ्खलाबाट कलाकारीता क्षेत्रमा प्रवेश गरेका थिए ।
कम चलचित्रबाटै चर्चा कमाउन थालेका सुशान्तलाई अहिले बलिउडको उदयीमान कलाकारको रुपमा लिइन्थ्यो ।
पछिल्लो समय इरफान खान, ऋषि कपुर र वाजिद खानको मृत्यु खेपेको बलिउडलाई सुशान्तको आत्महत्याले झनै स्तब्ध बनाइदिएको छ ।
Categorized in पेजथ्री