चन्द्रागिरिमा शहरी हाट बजार लाग्ने
SamacharDesk – बिराज | २०८३ जेठ २१, बिहिबार
चन्द्रागिरि नगरपालिकामा शहरी हाट बजार लाग्ने भएको छ ।
चन्द्रागिरी नगरपालिकाले आउँदो जेठ २५ गते सोमबारका दिन नगरपालिका प्राङ्गणमा स्थानीय उत्पादन प्रदर्शनी तथा विक्री मेला गर्न लागेको हो ।
नगरपालिकाले सूचना जारी गर्दै मेलामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालीम लिइ व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुबाट उत्पादित सामग्रीहरु प्रदर्शनी तथा विक्री वितरण हुने जनाएको छ ।
त्यस्तै मेलामा विक्रीका लागि मौलिक सीपमा आधारित व्यवसायको अनुदान लिएका, व्याज अनुदान प्राप्त गरीरहेका तथा अन्य उद्यमी, व्यवसायीबाट उत्पादित स्थानीय वस्तुहरु राखिने नगरपालिकाले जानकारी दिएको छ ।
आउँदो सोमबार विहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म संचालन हुने मेलाको अवलोकनको लागि नगरपालिकाले सम्पूर्णमा आह्वान गरेको छ ।
Categorized in स्थानीय




