arin enterprises

छायाँछविले निरुता र ज्ञानेन्द्रलाई सम्मान गर्ने

SamacharDesk – विजयरत्न | २०८३ जेठ २१, बिहिबार

यस वर्षको डि सिने अवार्ड समारोहमा छायाँछवि चलचित्रकर्मी रजत सम्मान निर्देशक ज्ञानेन्द्र देउजालाई प्रदान गरिने भएको छ ।

साथै अभिनेत्री निरुता सिंहलाई प्रदान पनि सम्मानबाट सम्मान गरिने भएको छ । त्यसैगरी रु. १५ हजार ५५५ राशीसहितको रेखा फिल्म्स छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट रंगपत्रकार सचित खड्का पुरस्कृत हुने भएका छन् ।

छायाँछविका अध्यक्ष शान्तिप्रियले नेपाली चलचित्र उद्योगलाई थप व्यवस्थित, सशक्त तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको बताए ।

‘नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्ध्दनमा योगदान पुर्याउने कलाकार, प्राविधिक, स्रष्टा तथा चलचित्रकर्मीहरूलाई सम्मानित गर्न यो अवार्ड आयोजना गर्न थालेका हौं । यस अवार्डले चलचित्र उद्योगलाई थप सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’ अध्यक्ष शान्तिप्रियले भने ।

डी सिने अवार्ड आयोजक समितिको निर्णयअनुसार यस वर्ष पनि नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिने भएको छ ।

साथै, वर्ष २०८१ मा प्रदर्शन भएका चलचित्र तथा तिनमा आबद्ध कलाकार, प्राविधिक र स्रष्टाहरूलाई विभिन्न प्रतिस्पर्धात्मक विधामार्फत उत्कृष्टता पुरस्कार प्रदान गरिनेछ ।

छायाँछवि क्रियशनले विगत १७ वर्षदेखि निरन्तर रूपमा डि सिने अवार्डको आयोजना गर्दै आएको ‘छ ।

यस वर्ष पनि अवार्ड समारोहमा चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्व, कलाकार, निर्देशक, निर्माता, प्राविधिक, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको सहभागिता रहने आयोजकले बताएको छ ।

Categorized in पेजथ्री