४२५ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या ५७६०
SamacharDesk – विकाश | २०७७ जेठ ३२, आइतबार

नेपालमा थप ४ सय २५ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय ७५ जना पुरुष र ५० जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आज थप भएको संख्यासँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५ हजार ७ सय ६० पुगेको छ । तीमध्ये ५ हजार ३ सय २४ जना पुरुषहरु छन् भने ४ सय ३६ जना महिला हुन् ।
संक्रमित जिल्ला संख्यामा आज रुकुम पूर्व थप भइ ७३ पुगेको छ ।
कोरोना संक्रमण निको हुनेको संख्या भने ९ सय ७४ पुगेको छ । पछिल्लो पटक थप ६१ जना संक्रमणमुक्त भएर देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १९ पुगेको छ ।
देशभरमा अहिलेम्म पिसिआर विधिबाट १ लाख ३३ हजार ३ सय ७७ र आरडिटी विधिबाट २ लाख १० हजार ७ सय २१ वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ६ हजार ८९ र आरडिटी विधिबाट २० हजार १ सय ३९ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४३ हजार ६ सय ४१ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ४ हजार ७ सय ६७ रहेको छ ।
